काठमाडाैं । विश्वको इतिहासमा सेप्टेम्बर १८ मा घटेका केही प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाक्रमहरू मध्ये अमेरिकी जासुसी संस्था सिआइएको स्थापना देखी न्युयोर्क टाइम्स प्रकाशन सुरूवात यसैदिनवाट सुरू भएकाे थियाे ।
सन् ९६ (रोमन साम्राज्य): रोमन सम्राट डोमिसियनको हत्या भयो। त्यसपछि नेर्भालाई नयाँ रोमन सम्राट घोषणा गरियो।
सन् ३२४ (रोमन साम्राज्य): सम्राट कन्स्टन्टाइन द ग्रेटले ‘ब्याटल अफ क्रिसोपोलिस’मा लाइसिनियसलाई पराजित गरी सम्पूर्ण रोमन साम्राज्यमा आफ्नो एकल शासन कायम गरे।
सन् १८१० (चिली): चिलीले स्पेनबाट आफ्नो स्वतन्त्रताको घोषणा गर्दै पहिलो सरकारी जुन्टाको स्थापना गर्यो।
सन् १९३१ (जापान र चीन): जापानी सेनाले मञ्चुरियामा ‘मुक्देन घटना’ सिर्जना गर्यो। यसैलाई बहाना बनाएर जापानले मञ्चुरियामाथि आक्रमण गरी कब्जा गरेको थियो, जसलाई दोस्रो विश्वयुद्धको प्रमुख पृष्ठभूमि मानिन्छ।
सन् १९३४ (सोभियत सङ्घ): सोभियत सङ्घ ‘लीग अफ नेसन्स’ को सदस्य बन्यो।
सन् १९४७ (अमेरिका): अमेरिकामा राष्ट्रिय सुरक्षा ऐन लागू भयो, जसअन्तर्गत सिआइएर राष्ट्रिय सुरक्षा परिषद्को स्थापना भयो।
सन् १९६१ (संयुक्त राष्ट्रसङ्घ): संयुक्त राष्ट्रसङ्घका दोस्रो महासचिव ड्याग ह्यामरसोल्डको कङ्गो शान्ति वार्ताका क्रममा जाम्बिया नजिकै हवाई दुर्घटनामा परेर निधन भयो।
सन् १९७३ (संयुक्त राष्ट्रसङ्घ): पूर्व र पश्चिम जर्मनी तथा बहामास संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र बने।
सन् १८५१ (अमेरिका): चर्चित अन्तर्राष्ट्रिय समाचार पत्रिका ‘द न्यूयोर्क टाइम्स’ को प्रकाशन सुरु भयो।
सन् १९९८ (इन्टरनेट): इन्टरनेटको डोमेन प्रणाली व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आइसीएएनएन’ को स्थापना भयो।