बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कुमारी बैंकले शेयरधनीलाई नगद लाभांश दिने

बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद लाभांश दिने भएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना शेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितको मंगलबार बसेको बैठकले गरेको हो ।

नियमअनुसार सञ्चालक समितिले गरेको यो प्रस्ताव पारित हुन अझै दुई चरण पार गर्नुपर्छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ। साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ४५ लाख ६१ हजार ३४० रुपियाँ रहेको छ। प्रस्तावित लाभांशमा बोनस शेयर भने समावेश छैन । बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार