काठमाडौं, २० बैशाख । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र लाओसका सांसदहरु संग छलफल गरेका छन् । दुइ दिने लाओस भ्रमणमा गएका ढकालले बिहिबार लाओस संसद भवनमा आयोजित बिशेष कार्यक्रममा सहभागी हुदै दिगो शान्ति, विकास र पारस्परिक हितको खातिर क्षेत्रीय सहकार्यको आबस्यकतामा जोड दिए ।
नेता ढकालले लाओस संसदका स्थायी समिति सदस्य तथा सामाजिक, साँस्कृतिक मामिलाका सभापति डा. सोम्फोउ दौंसावंह संग उहाँकै कार्यकक्षमा भेट बार्ता समेत गरे ।भेटमा अध्यक्ष ढकालले एसिया प्यासिफिक समिटमा लायोस संसद्को सक्रिय तथा गरिमामय सहभागिता रहेकोमा आभार ब्यक्त गरे । ढकालले नेपालका प्रधानमन्त्री केपी ओलीको ध्यान तिब्र आर्थिक बिकासमा केन्द्रित रहेको जानकारी दिए ।
सभापति डा. सोम्फोउ दौंसावंहले एसिया प्यासिफिक सम्मेलनले लाओस र नेपालको मित्रता थप प्रगाढ बनाएको बताउदै क्षेत्रीय तथा अन्तराष्ट्रिय साझा चुनैतिहरुको समाधानमा समिटले महत्वपुर्ण योगदान गरेको बताउनुभएको थियो । साथै सभापति सोम्फोउले ढकाल एशिया प्यासिफिकको अध्यक्ष रहेका इन्टरनेशनल असोशिशेशन अफ पार्लियामेन्टरियन फर पिस लाइ लायोसमा कार्यक्रम गर्न आमन्त्रण समेत गर्नु भयो ।