मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर दिने

सोमबार, भाद्र २९ २०८३

काठमाडौं(जस)–सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार