काठमाडौं(जस)–नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “हुन्डाई फेस्टिभ ड्राइभ २०८३” घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत ग्राहकहरूले रु. ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत रु. ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन् ।
यसका साथै, ह्युन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको निःशुल्क सडक करपनि उपलब्ध गराएको छ । हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको ह्युन्डाई स्वामित्व अनुभव प्रदान गर्दछ ।