बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सिरहामा प्रचण्डले गरे विज्ञान तथा प्रविधि प्रदर्शनी र विद्यालय भवन उद्घाटन

बिहिबार, भाद्र २५ २०८३

सिरहा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरहामा भव्य स्वागत गरिएको छ ।

अध्यक्ष प्रचण्डले बिहीबार सिरहाको मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनी एवं विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी हुँदै प्रदर्शनीको अवलोकन तथा विद्यालय भवनको उद्घाटन गरेका छन् ।

कार्यक्रममा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सिर्जनात्मक सामग्री तथा प्रयोगात्मक नमुना प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीहरूमा रहेको प्रतिभा, सिर्जनशीलता र वैज्ञानिक सोचलाई उजागर गरेको आयोजकले जनाएको छ ।

विद्यालय भवनको उद्घाटनसँगै विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सिरहा भ्रमणका क्रममा अध्यक्ष प्रचण्डलाई स्थानीयस्तरमा भव्य स्वागत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा, विज्ञान तथा प्रविधिको विकाससँगै स्थानीय क्षेत्रका समसामयिक विषयमा समेत चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार