मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इजरायलमा सहायक कामदारका लागि आवेदन खुला

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरूको स्याहारका लागि सहायक कामदारका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको हो।

विभागले ३५ दिनको अवधिका लागि आवेदन खुला गरेको जनाएको छ। इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध सूचनाअनुसार आवेदन दिन सक्नेछन्। विभागले आवेदन दिनुअघि तोकिएका योग्यता, प्रक्रिया तथा आवश्यक कागजातबारे जानकारी लिनसमेत आग्रह गरेको छ।

इजरायलमा सहायक कामदार पठाउने प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीचको सरकार–सरकार (जीटुजी) समझदारीअन्तर्गत हुँदै आएको छ। वैदेशिक रोजगार विभागले इजरायलका सहायक कामदारसम्बन्धी आवेदन तथा छनोटका लागि छुट्टै अनलाइन पोर्टलसमेत सञ्चालन गर्दै आएको छ।

विभागले तोकिएको समयभित्रै आवेदन दिन इच्छुक उम्मेदवारलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार