शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

एनभिडियाका सीईओ जेन्सन ह्वाङबाट नेपाललाई १ करोड डलर सहयोग

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङले नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावितको राहत तथा उद्धारका लागि १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त भएको जानकारी दिएका छन्।

अर्थमन्त्री वाग्लेले सामाजिक सञ्जालमार्फत ह्वाङलाई धन्यवाद दिँदै अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको बताएका छन्।

नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएको छ। स्वदेश तथा विदेशमा रहेका नेपालीसँगै विभिन्न व्यक्ति, संस्था तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत विपद् प्रभावितका लागि आर्थिक सहयोग प्राप्त भइरहेको छ।

सरकारले संकलित रकमलाई प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार