काठमाडौं(जस)–काठमाडौं। भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको भनिएको भिभो भि८० लाईटले स्मार्टफोन बजारमा नयाँ शैली र अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । परिष्कृत कभ्र्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहित आउने अपेक्षा गरिएको यस स्मार्टफोनले दैनिक प्रयोगलाई थप सहज र प्रिमियम बनाउने लक्ष्य राख्नेछ ।
डिजाइनसँग जोडिएको “स्ले एभरी एज” अवधारणाले स्मार्टफोनको सौन्दर्यसँगै प्रयोगकर्ताको सहजतालाई समेत प्राथमिकता दिने देखिन्छ । यस अवधारणाअन्तर्गत सिमलेस कव्र्स र कम्फर्टेबल ग्रिप (सहज पकड) लाई विशेष ध्यान दिइएको छ । साथै, अल्ट्रा–स्लिम युनिबडी डिजाइनमा आउने भनिएको भि८० लाईटमा ७०५० एमएएच अल–डे ब्याटरी (दिनभर चल्ने ब्याटरी) उपलब्ध हुने अपेक्षा गरिएको छ, जसले लामो समयसम्म बारम्बार चार्ज गर्नुपर्ने चिन्तालाई पूर्णरूपमा अन्त्य गर्नेछ ।
भिभो भि८० लाईटको डिजाइनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको अर्को विशेषता यसको स्काइलाइन क्यामेरा डिजाइन र उत्कृष्ट सिल्क ह्वाइट फिनिस होे, जो चराको उडान भर्ने क्षणबाट प्रेरित छ । तेर्सो क्यामेरा मोड्युलले फैलिएको पखेटाको आकारलाई प्रतिबिम्बित गर्दछ, जसले स्मार्टफोनको समग्र डिजाइनमा आधुनिक तथा गतिशील सौन्दर्य थप्ने अपेक्षा गरिएको छ । कार्यसम्पादनतर्फ, भिभो भि८० लाईटमा मिडियाटेक डाईमेनसिटी ७३६०–टर्बो चिपसेट रहने अपेक्षा गरिएको छ । ४ एनएम प्रोसेसमा आधारित यस प्रोसेसरले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङमा सहज र भरपर्दो कार्यसम्पादन प्रदान गर्ने अपेक्षा गरिएको छ , जसले ५०–महिनासम्म सहज अनुभव, ३ जेनरेसन ओएस अपग्रेड र ५ वर्षको सुरक्षा अपडेट प्रदान गर्दछ ।
मोबाइल गेमिङमा रुचि राख्ने प्रयोगकर्ताका लागि पनि यो स्मार्टफोन आकर्षक विकल्प हुन सक्ने देखिन्छ । प्रारम्भिक जानकारीअनुसार, यसले ३० डिग्री सेल्सियसको वातावरणमा मोबाईल लेजेण्डमा ३ घण्टासम्म ९० एफपिएस स्थिर गेमिङ अनुभव प्रदान गर्न सक्नेछ । यससँगै १.५के अल्ट्रा क्लियर एमोलेड डिस्प्ले रहने अपेक्षा गरिएको छ, जसले भिडियो हेर्दा, गेम खेल्दा तथा दैनिक सामग्री प्रयोग गर्दा थप इमर्सिभ भिजुअल अनुभव प्रदान गर्नेछ । क्यामेरा क्षमतातर्फ पनि भिभो भि८० लाईटले विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरहरूको आवश्यकतालाई ध्यानमा राख्दै यसमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा उपलब्ध हुने भनिएको छ , जसले समूहमा सेल्फी खिच्दा धेरै व्यक्तिलाई एउटै फ्रेममा सहज रूपमा समेट्न सहयोग गर्नेछ ।
त्यसैगरी, कम प्रकाशमा पोट्र्रेट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन ५० मेगापिक्सेल क्लियर नाइट पोट्र्रेट क्यामेरा रहने प्रारम्भिक जानकारी सार्वजनिक भएका छन् । सोनी सेन्सरमा आधारित भनिएको यस क्यामेराले रातको समयमा तथा कम प्रकाश भएको वातावरणमा स्पष्ट र आकर्षक पोट्र्रेट खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ । समग्रमा, “स्ले एभरी एज” अवधारणामार्फत भिभो भि८० लाईटले स्टाइल, सहजता र कार्यसम्पादनलाई एउटै अनुभवमा जोड्ने प्रयास गर्ने देखिन्छ । परिष्कृत कभ्र्ड डिजाइन, ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर तथा कन्टेन्ट क्रिएसनमा केन्द्रित क्यामेरा क्षमताको संयोजनसहित आउने अपेक्षा गरिएको भिभो भि८० लाईटले नेपाली स्मार्टफोन बजारमा नयाँ विकल्प प्रस्तुत गर्ने विश्वास गरिएको छ । स्मार्टफोनको आधिकारिक मूल्य, उपलब्धता तथा नेपालका लागि अन्तिम स्पेसिफिकेसनसम्बन्धी जानकारी कम्पनीले आगामी दिनमा सार्वजनिक गर्नेछ ।