शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

भुटानद्वारा नेपालको बाढीपीडितका लागि १६ करोड सहयोग

बिहिबार, भाद्र १८ २०८३

काठमाडौँ/ नयाँ दिल्ली। हालै आएको विनाशकारी बाढीपछिको राहत तथा पुनर्लाभका प्रयासहरूमा सहयोग पुर्‍याउने उद्देश्यले भुटानको शाही सरकारले नेपाललाई १६ करोड नेपाली रूपैयाँ सहायता प्रदान गरेको छ। उक्त रकम नेपालको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित एक विशेष कार्यक्रमका बिच भारतका लागि भुटानका राजदूत महामहिम मेजर जनरल भेट्सोप नामग्यालले नेपालका ‘चार्ज डी अफेयर्स’ डा. सुरेन्द्र थापालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

विपद्को यस कठिन घडीमा भुटान सरकार र त्यहाँका जनताले देखाएको उच्च ऐक्यबद्धताको नेपालले कदर गरेको छ। यस सहयोगले नेपाल र भुटानबीच रहेको अटुट मित्रता, आपसी सद्भाव र हिमालयी क्षेत्रको साझा सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाएको दूतावासले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार