बुधबार, भाद्र १७ २०८३

बुधबार, भाद्र १७ २०८३

नाडामा यामाहा एक्सएसआर १५५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

बुधबार, भाद्र १७ २०८३

नाडामा यामाहा एक्सएसआर १५५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

काठमाडौं । नेपालमा यामाहा दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ लाई १८औं नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ ।

‘बर्न टु स्ट्यान्ड अपार्ट’ भन्ने अभियान सन्देश र ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको एक्सएसआर १५५ ले मेलामा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।

छ दिनसम्म चलेको नाडा अटो शो अवधिमा एक्सएसआर १५५ का ४२८ वटा बुकिङ भएका छन् । यामाहाले नाडा २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ ।
नवीन अवधारणा, आकर्षक प्रस्तुति र आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका लागि यामाहाको स्टललाई यो सम्मान प्रदान गरिएको हो । यामाहाको स्टलमा एक्सएसआर १५५ को विशिष्ट रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो ।

क्लासिक टियरड्रप फ्युल ट्यांक, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको थियो । हजारौँ मोटरसाइकलप्रेमीले मेलाकै क्रममा एक्सएसआर १५५ लाई नजिकबाट हेर्ने र प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।

मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्ण्ॉ कुमार अग्रवालले पुस्तौंदेखि यामाहाले राइडरहरूसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरे । सो अवसरमा उनले यामाहाको विश्वव्यापी फास्टर सन्स दर्शनबारे पनि जानकारी गराए ।

उनका अनुसार फास्टर सन्स यामाहाको विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने दर्शन हो । प्रतिष्ठित पुराना मोटरसाइकलहरूबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु यसको मूल अवधारणा हो ।

‘आज हामी एउटा नयाँ मोटरसाइकललाई स्वागत गर्दैछौं, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी एउटा विरासतलाई निरन्तरता दिइरहेका छौं,’ अग्रवालले भने । उनले नेपालका आजका राइडरहरूका लागि मोटरसाइकल केवल आवागमनको साधन मात्र नभई आफ्नो पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यम बन्दै गएको बताए ।

एक्सएसआर १५५ ले नेपालको उत्साही राइडिङ समुदायसँग बलियो भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

एक्सएसआर १५५ प्रति देखिएको उत्साहलाई कार्यक्रममा गरिएको विशेष प्रि–बुकिङले थप पुष्टि गरेको छ । प्रि–बुकिङमार्फत प्रारम्भिक खरिदकर्ताले नेपालमा एक्सएसआर १५५ का पहिलो चरणका ग्राहक बन्ने अवसर प्राप्त गरेका थिए ।

बजारमा मोटरसाइकलको नियमित बिक्री सुरु हुनुअघि नै आफ्नो बुकिङ सुरक्षित गर्न पाउने यो अवसरले एक्सएसआर १५५ प्रति ग्राहकको आकर्षणलाई थप बलियो बनाएको छ ।

आफ्नो विशिष्ट डिजाइन, विरासतबाट प्रेरित शैली र आधुनिक विशेषताका कारण एक्सएसआर १५५ आफ्नो मोटरसाइकलमार्फत आफ्नो व्यक्तित्व र व्यक्तिगत शैली झल्काउन चाहने राइडरका लागि एउटा विशिष्ट रोजाइका रूपमा प्रस्तुत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार