सोमबार, भाद्र १५ २०८३

सोमबार, भाद्र १५ २०८३

नेपाल एलपी ग्यास उद्योग संघले बाढी प्रभावितलाई निःशुल्क सिलिन्डर बाँड्ने

आइतबार, भाद्र १४ २०८३

काठमाडौं(जस)–नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूलाई ग्यास वितरण गर्ने भएको छ । बाढीबाट अत्यन्तै प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका नागरिकहरूलाई संघले मानवीय सहायता स्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको हो ।
गत भदौ १० गते बुधबार बिहानको बाढीले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले यो सहयोग नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पु¥याउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष दीवान बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै भनिएको छ, ‘यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै संघको तर्फबाट यो राहत घोषणा गरिएको हो ।’
संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र उपचार र बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका सबै संयन्त्रलाई जुट्न संघले विशेष अपील समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार