बिहिबार, भाद्र ११ २०८३

बिहिबार, भाद्र ११ २०८३

बाढीपीडितका लागि कोशी सरकारले ३ करोड रुपैयाँ दिने

बिहिबार, भाद्र ११ २०८३

विराटनगर । कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकार प्रभावित नागरिकको साथमा रहेको बताए। उनले राहत तथा उद्धारका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

मन्त्री शेर्पाले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। विपद् व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउन प्रदेश सरकारले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार