बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३

नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । नाडाद्वारा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।

बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

यो विशेष योजना २०८३ भाद्र ०९ गतेदेखि १४ गतेसम्म (२५–३० अगस्ट २०२६) आयोजना भइरहेको नाडा अटो शो अवधिमा बुकिङ गरिएका सवारी साधनका लागि लागू हुनेछ ।

सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन अनुरोध छ । यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरि आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यस सेवाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार