काठमाडौं(जस)–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रान्क्विलिटी स्पाबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले ट्रान्क्विलिटी स्पाका विभिन्न सेवामा छुट सुविधा पाउनेछन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत तथा व्यक्तिगत ब्यूटी सेवामा १५ प्रतिशत छुट पाउनेछन् ।
यस्तै, बैंकमा खाता खोलेका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र व्यक्तिगत ब्यूटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र ट्रान्क्विलिटी प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोटियाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८३ साउनदेखि लागू भई दुई वर्षसम्म कायम रहने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावलाई थप सुविधा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा सेवाको विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।