सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पत्रकार किरण मरहठ्ठाको ‘हु इज हु इन द यूएसए’ पुस्तक आगामी मे १२ मा अमेरिकामा विमोचन हुने

बिहिबार, बैशाख १९ २०७६

अमेरिका, १९ बैशाख । अमेरिकामा रहेका नेपालीको कथा समेटिएको ‘हु इज हु इन द यूएसए’ नामक पुस्तक अमेरिकामा सार्वजनिक हुने भएको छ। विदेशी भूमिका रहेर टेलिभिजन पत्रकारितामा सक्रिय पत्रकार किरण मरहठ्ठाले लेखेको पुस्तक क्यालिफोर्निया स्टे्ट यूनिभर्सिटी, क्लालिफोर्नियाले सार्वजनिक गर्ने भएको हो।

पुस्तकमा अमेरिकामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका ४४ राज्यमा बसोबास गर्ने नेपालीको कथा समेटिएको छ। तीन सय ३२ पृष्ठको पुस्तक पाँच भागमा विभाजित भएको विमोचनअघि आयोजित समीक्षा बोल्दै मरहठ्ठाले जानकारी दिए। पुस्तक अनलाइन भर्सनमा पनि सार्वजनिक हुने लेखकको भनाइ छ।

पुस्तक ६२ वटा प्रतिष्ठित विश्वविद्यालयले पुस्तकालयमा राख्ने भएका छन्। पत्रकार मरहठ्ठाले यस अघि ‘द होप’ र ‘मिडिया इन मास’ नामक दुई कृति प्रकाशन गरिसकेका छन् । पुस्तक ‘हु इज हु पब्लिकेशन’ ले प्रकाशन गरेको हो। यसको वितरण भने साग्रिला बुक अमेरिकाले गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार