मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कुवेतमा नेपाली महिलाको छुरा प्रहारबाट प्रेमीको हत्या

बिहिबार, बैशाख १९ २०७६

कुवेत । कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहारगरि हत्या गरेकी छन्। लिभिङ टुगेदरमा बस्दै आएकी धरानकी ति महिलाले बुधबार दिउँसो मंगाफ स्थित ब्लक ४ मा छुरा प्रहार गरि प्रेमीको हत्या गरेकी हुन्। छुरा प्रहारबाट तनहुँको शुक्लागण्डकी-१ स्थायी घर भएका खेम बहादुर विकको ज्यान गएको हो।

विकको छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेको अवस्थामा फेला परेको प्रत्यक्षदर्शीले बताएका छन्। मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।

माया प्रेमसँगै लिभिङ टुगेदरमा बसोबास गर्दै आएका यी जोडी खासै खुसि देखिदैनथे । उनीहरु दिनहुँ झगडा गरिरहने नजिकका नेपालीहरुको भनाइ छ । घटनापछि कुवेत प्रहरीले हत्या अरोपित माया गुरुङसहित अन्य २१ जनालाई प्रकाउ गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार