शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

झापामा लज्जास्पद हर्कत: बिस्कुट किन्न पसल पुगेकी ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, सीसीटीभी फुटेजले खोल्यो दुराचारीको पोल! ​

शनिबार, असार ६ २०८३

जनसवाल संवाददाता

झापाको कचनकवलमा मानवता नै लज्जित हुने एउटा स्तब्धकारी घटना सार्वजनिक भएको छ। बिहानको सात बजे तिर बिस्कुट किन्न पसल पुगेकी एक ११ वर्षीया अबोध बालिका पसल सञ्चालककै कुदृष्टिको सिकार बनेकी छिन्। समाजका संवाहक मानिने व्यवसायीले नै कलिलो उमेरकी बालिकामाथि यौन दुर्व्यवहार गरेपछि अहिले स्थानीय क्षेत्रमा तीव्र आक्रोश र सनसनी फैलिएको छ।

​के भएको थियो त्यो कालो बिहान?

​शनिबार बिहान करिब ७:४५ बजे कचनकवल गाउँपालिका–६ स्थित बनियानी बजारमा यो घिनलाग्दो हर्कत भएको हो। स्थानीय ११ वर्षीया बालिका सधैँजसो सहज रूपमा बिस्कुट किन्न बनियानी बजारको एउटा पसलमा पुगेकी थिइन्। तर, ग्राहकलाई सेवा दिन बसेका मालबाबु भनेर चिनिने प्रकाश शाह कुरेर बसे झै ती बालिकामाथी झम्टिए, ती पसल सञ्चालकको मनसाय भने निकै घातक थियो। कसैले नदेखेको मौका छोपी ती पसलेले अबोध बालिकालाई जबरजस्ती पसलको भित्री भागमा पुर्‍याए। त्यसपछि उनले बालिकामाथि अमानवीय रूपमा हातपात गर्दै जबरजस्ती यौन दुर्व्यवहार गरे।

​रुँदै पुगिन् घर, सीसीटीभीले ओकल्यो अपराधीको कर्तुत!

​पसलेको चङ्गुलबाट फुत्किएर घर पुगेकी ती त्रसित बालिकाले रुन्चे स्वरमा आफ्ना मातापितालाई आफूमाथि घटेको सम्पूर्ण त्रासदी सुनाइन्। आफ्नी सानी छोरीको त्यो हविगत देखेर छाँगाबाट खसेझैँ भएका अभिभावकहरू तत्कालै सत्यतथ्य बुझ्न पसलमा पुगे।

​त्यहाँ पुगेपछि घटनाले झन् नयाँ र नाटकीय मोड लियो। अभिभावकहरूले चलाखीपूर्वक पसल सञ्चालककै छोराको मोबाइलबाट पसलमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेज चेक गरे। जब फुटेज प्ले भयो, तब त्यहाँ देखियो एउटा यस्तो क्रूर र बदनियतपूर्ण दृश्य, जसले ती पसलेले बालिकामाथि गरेको हर्कतको अकाट्य प्रमाण दियो। सीसीटीभी फुटेजमा अपराधीको हर्कत स्पष्ट रूपमा कैद भइसकेको थियो, जसलाई कसैले पनि नकार्न सक्ने अवस्था थिएन।
​”पसल सञ्चालककै छोराको मोबाइलबाट सीसीटीभी फुटेज हेर्दा बालिकामाथि बदनियत तरिकाले यौन दुर्व्यवहार गरिएको स्पष्ट पुष्टि भयो।”

​प्रहरीको फन्दामा दुराचारी

​घटनाको प्रमाण हातलागी हुनेबित्तिकै पीडित परिवारले तत्कालै इलाका प्रहरी कार्यालय बनियानीलाई खबर गरे। खबर पाउनासाथ एक्सनमा उत्रिएको प्रहरी टोलीले अपराधी पसल सञ्चालकलाई तत्कालै नियन्त्रणमा लिएको छ।
​बनियानी प्रहरीले ती आरोपीलाई पक्राउ गरि कानुनी कारबाही र कडा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको छ। एउटी अबोध बालिका आफ्नै आँगनको पसलमा समेत सुरक्षित नभएको यो घटनाले स्थानीय अभिभावकहरूलाई चिन्तित र आन्दोलित बनाएको छ। स्थानीयले ती दुराचारी पसलेमाथि कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेका छन्। स्थानिय भन्छन कति घटनाहरु होलान जुन बाहिर आएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार