आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमएम कपमा खेलमा वर्षाको अवरोध

शनिबार, पुष १९ २०७६

इनरुवा(जस)–सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट (एमएम कप) प्रतियोगिता अन्तर्गत शुक्रबारको प्रदेश–३ र प्रदेश(५ बीचको खेल वर्षाको कारण नतिजाविहिन भएको छ । बर्षाले खेल अवरोध गरेपछि दुवै टिमले एक–एक अंक बाँडेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बिहिबार प्रदेश–१ संग ६८ रनले पराजित भएको प्रदेश(५ प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ ।
यस खेलमा प्रदेश(३ ले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा दोश्रो इनिंग ब्याटिंग सुरु गरेको प्रदेश(५ ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश नम्बर–३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो ।
प्रदेश–३ को लागि सुबास खकुरेलले सर्वाधिक ४२ रन बनाए भने आदील खानले २६ रन, रित गौतमले २२ रन, प्रतिस जिसीले १८ रन, सोनु तामांगले १५ रन तथा रामनरेश गिरिले १७ रन तथा इशान पाण्डेले १२ रन बनाए । प्रदेश–५ का बलर विशाल बिक्रम केसीले सर्वा्धिक ५ विकेट लिए भने अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार