शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेविसंघको नेतृत्वमा करुणा कटुवाल, कांग्रेसद्वारा अध्यक्ष नियुक्त

सोमबार, जेष्ठ १८ २०८३

काठमाडौं,नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।
सोमबार नेपाली कांग्रेसका नेता गगन थापा ले कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेको जानकारी सार्वजनिक भएको छ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको नयाँ नेतृत्वका रूपमा कटुवाललाई जिम्मेवारी दिइएको बताइएको छ।
कटुवालको नियुक्तिसँगै नेविसंघको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने, विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने तथा संगठनलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। कांग्रेस नेतृत्वले विद्यार्थी संगठनलाई समयानुकूल, गतिशील र परिणाममुखी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको जनाएको छ।
नेविसंघ नेपालको लोकतान्त्रिक विद्यार्थी आन्दोलनको प्रमुख संगठनका रूपमा परिचित रहँदै आएको छ। नयाँ नेतृत्वले संगठनभित्रको एकता, सक्रियता र विद्यार्थीका मुद्दालाई थप प्रभावकारी ढंगले उठाउने विश्वास कांग्रेस वृत्तमा व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार