शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बालेन शाह देशको ४३औँ प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण १२:३४ मा

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं,देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक व्यवस्था अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२:३४ बजे शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। राष्ट्रपति पौडेलले नै उक्त समारोहमा उनलाई शपथ गराउनेछन्।
शाहको नियुक्तिसँगै देशको राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको प्रवेश भएको विश्लेषण गरिएको छ। सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारका एजेन्डासहित उदाएका शाहबाट आम नागरिकले प्रभावकारी नेतृत्वको अपेक्षा गरेका छन्।
यसै दिन नयाँ मन्त्रिपरिषद् गठनको तयारीसमेत भइरहेको उच्च स्रोतले जनाएको छ। सम्भावित मन्त्रीहरूको सूची टुंग्याउने र सन्तुलित मन्त्रिपरिषद् बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ।
नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वले मुलुकको राजनीतिक स्थायित्व, आर्थिक सुधार र जनअपेक्षा पूरा गर्न कस्तो दिशा लिन्छ भन्ने विषय यतिबेला राष्ट्रिय बहसको केन्द्रमा रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार