आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ

बुधबार, चैत्र ४ २०८२

भद्रपुर (झापा), ४ चैत : लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् ।

भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो ।

लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा सो घरबाट तीन जना पक्राउ परेका छन् । यसैगरी, भद्रपुर बसपार्कबाट चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार