इमरान खान
कपिलवस्तु : कपिलवस्तुमा ‘स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद, अनुशासनका लागि खेलकुद, पहिचानका लागि खेलकुद’ भन्ने मूल नारा सहित आठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ सुरु भएको छ ।
प्रतियोगितामा क्रिकेट,,भोलिबल, दौड लगायतका खेल समावेश गरिएको छ ।
कपिलवस्तु नगरपालिका प्रमुख एवंम् लोकप्रिय युवा नेता सुदिप पौडेलको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य,अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख सन्तोष आचार्य, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव तथा १२ वडाकै वडा अध्यक्षहरु विद्यालयका प्रधानाध्यापकहरु, सञ्चारकर्मीहरु लगायत सबै खेलका खेल प्राविधिक, कर्मचारीहरु लगायतका खेलाडीहरुको उपस्थितिमा भव्य रूपमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

खेलाडीहरुमा उत्साहलाई अझ अगाडि बढाउने र सम्पूर्ण विद्यालयका विधार्थीहरुको मनमा रहेको खेल प्रतिको रुचिलाई सम्मान गर्दै सो उदघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कपिलवस्तु नगरपालिका प्रमुख एवम् लोकप्रिय युवा नेता सुदिप पौडेलले खेलाडीहरुको उत्साह बढाई अगाडि बढाउने र त्यसबाट जिल्ला मात्र नभई प्रदेश तथा देशलाई विश्वसामु चिनाउने माध्यम खेलकुद रहेको बताए ।
यहाँबाट बिजेता भइ स्वदेश तथा विदेशमा गएर जिल्लाको साथ साथै देशको नाम पनि विश्वसामु चिनाउने माध्यम खेल भएको उनले बताए ।
पौडेलका अनुसार आज विभिन्न खेलकुदबाट देशलाई विश्वसामु प्रस्तुत गरि राखेका खिलाडीहरुमा एउटा जिल्लाको खेलकुद खेलाडी गइदियो भने भोलिका दिन देशको र आफ्नो जिल्लाको नाम उच्च पार्न सफल हुनेछ ।
