शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले किन हेप्यो कपिलवस्तुलाई ?

आइतबार, चैत्र १ २०८२

इमरान खान

कपिलवस्तु : राष्ट्रिय स्वतन्त्र पार्टी भगवान बुद्धको नगरी राजा शुद्धोधनको दरबार कपिलवस्तु जिल्लालाई हेपेको कपिलवस्तु जिल्ला बासीहरु अक्रोस पोखेका छनन् । कपिलवस्तु जिल्लाका अगुवा नेताहरुका अनुसार अहिले सम्पन्न निर्वाचनबाट प्रत्यक्ष तर्फबाट २ जना जिताएर पठाएको हो ।

कपिलवस्तु जिल्लाबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा-२ नम्बरमा मधेसी मुस्लिम कलस्टरको उम्मेदवार रहेको रास्वपाको केन्द्रीय सदस्य रसिद मिर्जा बेगलाई राखेकोमा कपिलवस्तु जिल्ला लगायत लुम्बिनी प्रदेशबाटै समानुपातिक भारी मत प्राप्त गरेका रसिद मिर्जा बेगलाई किन हेप्यो ?मुस्लिम तथा कपिलवस्तु जनताको माग अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै समानुपातिक मतगणना पश्चात सबै भन्दा बढी मत ल्याउने कपिलवस्तुका समानुपातिक उम्मेदवार-२ को सूचीमा रहेका रासिद मिर्जा बेगको नाम नराखेकोमा कपिलवस्तु जनता अक्रोसित भएका छन् ।

‘सांसदीय निर्वाचनमा तपाईंहरुको काठमाडौं र चितवन मात्र नेपालमा पर्छ र ?’  विश्व एतिहासिक कपिलवस्तु जिल्ला लगायत प्रदेशकै जनगुनासो बढेको छ । कपिलवस्तुका अधिकाँश समाजसेवीहरुले सबैको लोकप्रिय युवा नेता कपिलवस्तु जिल्ला लगायत लुम्बिनी प्रदेशकै ठूलो चर्चित नेता तथा भारी बहुमतले बिजयी भएका रसिद मिर्जा बेगको नाम नराखेकोमा कपिलवस्तुदेखि लुम्बिनी प्रदेशमै प्रश्न उठन थालेको छ ।

जनताको आशा मिर्जा बेगलाई समानुपातिक उम्मेदवारतर्फ नराखेकोले जनसमुदाय अक्रोशित भएका छन् । जिल्लाका जनसमुदायहरुका आनुसार ‘हामी समर्थन गर्न सक्छौ भने बिरोध पनि गर्न पछाडि हाट्ने छैनौँ ।’ कपिलवस्तु जिल्लाका सम्पूर्ण बुढापाका, महिलाहरुको माग गरेको छ कि कपिलवस्तु-२ बाट समानुपातिक उम्मेदवार रसिद मिर्जा बेग भारी बहुमत पाएका छन् र उहाँलाई सांसद बनाएर पठाउन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार