इटहरी(जस)–बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी उर्फ ’सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन । सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । दुवै पक्षको बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । बहसमा सहभागी सबै वकिलले कृष्णदासले अनुयायी महिलामाथि बलात्कार गरेको बताउँदै त्यसलाई पुष्टि हुने यथोचित प्रमाण भएकाले कानुन अनुसार १० वर्षसम्मको जेल सजाय माग गरेका थिए । कृष्णदास पक्षका ५ जना वकिलमध्ये २ जनाले आइतवार बहस गरेका थिए । उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए ।
पीडित महिलाहरुकोतर्फबाट सरकारी वकिल गोकुलबहादुर निरौला, अन्नत न्यौपाने, अनिल रेग्मी, नवराज बिष्ट र रेणुका राईले बहस गरेका थिए भने सिद्धबाबाको तर्फबाट अधिवक्ता सरोज गिरीसहित दुईजना वकिलले बहस गरेका थिए ।