शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महाधिवेशन समयभित्रै हुनुपर्छ : डा कोइराला

मंगलबार, पुष १५ २०७६

विराटनगर(जस)–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए । केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गरे ।
संविधानको मर्मअनुसार सरकार सञ्चालन हुनुप¥यो ः केस जोशी
नेपाली काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य जोशीले सहमतिमा महाधिवेशनको मिति घोषणा गर्न र पार्टीका कार्यकर्ता एक ढिक्का भई अगाडि बढ्नु पर्छ भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार