शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए अध्यक्षमा तीन जना,उपाध्यक्षमा ११ जना र महासचिवमा २ को उम्मेदवारी,धेरै अभियन्ताहरु छुटेकाले अधिवेशन रोक्न माग

बिहिबार, फाल्गुन २८ २०८२

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना,उपाध्यक्षमा ११ जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।
अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन । त्यस्तै महासचिव पदमा
रामशरण सिम्खडा (यूके) ,चिरञ्जीवी खड्का (चेक रिपब्लिक) प्रतिस्पर्धामा उत्रिएका छन ।

६ उपाध्यक्ष पदका लागि १० जनाले उम्मेदवारी दिएका छन । उपाध्यक्षको प्रतिस्पर्धामा खगेन्द्र न्यौपाने,लोक प्रसाद दाहाल,मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ,रोजिना प्रधान राई,रोशन थापा,जुनु गुरुङ,ददिबल खड्का, दिनेश पोखरेल, महेन्द्र ओली र पूर्णचन्द्र बानियाँ रहेका छन ।
महिला उपाध्यक्ष पदमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षका लागि भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुने भएको छ।
दुई उपमहासचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ। जस्मा टङ्क प्रसाद गैरे,ज्ञानेन्द्र रेग्मी,दिनेश कुमार घिमिरे र पारसमनि पोखरेल रहेका छन ।
छ सचिव पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन ।
सचिवमा राजेन्द्र अर्याल,सुजन अधिकारी,अभिमन्यु बस्नेत,सुपेन्द्र घिसिङ्ग,अनुजा प्रधान,माधव दुलाल र बेदराज बस्नेत उम्मेदवार रहेका छन । महिला सचिवमा कञ्चन थापा निर्विरोध निर्वाचित भएकी छन्।
कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरेबीच प्रतिस्पर्धा हुने भएको छ। तीन सह–कोषाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध निर्वाचित भएकी छन्।
सह–कोषाध्यक्षमा अब्दुल वासिद,मोहम्मद मुक्तदा मुसलमान,गीता खनाल थापा र ललित कुमार न्यौपाने उम्मेदवार बनेका छन ।
महिला संयोजक पदका लागि परसुना कँडेल र रस्मी थापाको उम्मेदवारी परेको छ। युवा संयोजकमा नवीन निउरे र दीपेश खत्री प्रतिस्पर्धामा छन्।
मध्यपुर्व रिजनबाट आरसिमा रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन ।अफ्रिका क्षेत्रबाट मनोज विक र अमेरिका क्षेत्रबाट भुवन खरेल निर्विरोध निर्वाचित भएका छन्।
ओसियाना संयोजकमा रमेश जोशी निर्विरोध भएका छन्। एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। युरोप संयोजकमा रबोट लिम्बु निर्विरोध निर्वाचित भएका छन ।
दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्विरोध निर्वाचित भएकी छन्।
एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ।
हालको अधिवेशनमा विवाद र मध्यपुर्व युद्दका कारण धेरै अभियन्ताहरु छुटेकाले तत्काल अधिवेशन रोक्न माग गरिएको छ ।
हाल अध्यक्ष महेश श्रेष्ठलगाएत ९०% कार्यसमितिका पदाधिकारी र अभियन्ता अधिवेशन स्थगित गर्न र प्रत्यक्ष निर्वाचन गर्न तयार भएपनी अर्का अध्यक्ष बद्री केसि र उपाध्यक्ष हेमराज शर्माको एकतर्फी जवरजस्तीका कारण हाल अधिवेशन प्रक्रिया अगाडि बढाईएको हो ।

निर्वाचन आयुक्त तेजबहादुर कार्कीका अनुसार संस्थाको निर्वाचन नियमावली–२०२१ बमोजिम उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको हो। सूची सार्वजनिक भइसके पनि नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको उनले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार