आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

म्यानचेस्टर सिटी वोल्भ्ससँग स्तब्ध

शनिबार, पुष १२ २०७६

काठमाडौं(एजेन्सी)–इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीलाई वोल्भरहम्पटनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वोल्भरले सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । २–० ले पछि रहेको वोल्भरले शानदार कम्ब्याक गर्दै सिटीमाथि ३(२ को जित हासिल गरेको हो । वोल्भरको जितमा एडमा ट्राओरे, राउल जिमनेज र माट डोहेर्टीले एक एक गोल गरेका थिए ।
त्यस्तै सिटीका लागि दुवै गोल रहिम स्टरलिङले गरेका थिए । खेलको १२औ मिनेटमा नै सिटीका गोलकिपर एडर्सनले फाउल खेलेपछि सिधै रातो कार्ड खाएर मैदान छोडेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । यो हारले सिटीको उपाधि जित्ने अभियानमा ठुलो धक्का पुगेको छ । सिटीको १९ खेलमा केवल ३८ अंक छ भने लिगको तेस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा १४ अंकले पछाडी रहेको छ । त्यस्तै वोल्भ्सको भने १९ खेलमा ३० अंक भएको छ र उ लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार