कतार, १८ बैशाख । १३०औं अन्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा प्रवासी नेपाली मञ्च कतार र नेपाली जनप्रगतिशील मञ्च कतारले देश–विदेशमा रहेका सम्पूर्ण श्रमवीी वर्गमा सुख शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ । प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल र नेपाली जनप्रगतिशील मञ्चका संयोजक रकमध्वज राईले आज एक शुभकामना सन्दशे जारी गर्दै सन् १८८६ मे १ का दिन अमेरिकाको शिकागोमा भएको आठ घण्टे कार्यदिनको माग सहितको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रुपमा हरेक बर्ष मई १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवसको स्मरण गरेको छ ।
यस्तो छ शुभकामना सन्देश :
१३० औं अन्र्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण श्रमजिवीवर्गमा सुख शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं । सन् १८८६ मे १ का दिन अमेरिकाको शिकागोमा भएको आठ घण्टे कार्यदिनको माग सहितको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनकोरुपमा हरेक बर्ष मई १ लाई अन्र्तराष्ट्रिय मजदुर दिवसको रुपमा मनाईन्छ ।

नेपालमा वि. स. २००३ सालमा विराटनगर जुट मिलबाट शुरु भएको श्रमिक आन्दोलन सहित विभिन्न कालखण्डमा भएका आन्दोलनहरुको बलमा ऐतिहाँसिक राजनैतिक परिवर्तनहरु सफल भएका हुन् । परिणामत संविधान सभा मार्फत संविधान निर्माण भई संविधान बमोजिम निर्वाचित स्थिर सरकारले कामगरिरहेको अवस्था छ । यो सरकारले श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकारको र सुरक्षाको प्रत्यातिभुति हुने गरि कार्य गर्नेछ भन्ने विश्वास लिएका छौं । सामाजिक सुरक्षा कार्यक्रम लगायतका सरकारका श्रमिकमुखि कार्यक्रमले तमाम श्रमिकहरुलाई आशातित बनाएको छ । यो आशाको किरण श्रमजिवि वर्गको हक हित अधिकारको सुनिश्चितता सहितको समृद्धिमा परिणत हुन सकोस भन्ने कामना सहित समस्त श्रमिक वर्गमा सुख शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछौं ।
०१ मई २०१९