मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

हुम्लामा एक किशोरी मृत फेला

सोमबार, फाल्गुन ११ २०८२

अदानचुली, हुम्ला, ११ फागुनः जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका–७ को डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ः०० बजे १७ वर्षीया निशा सुनार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

“ती किशोरी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी भन्ने खबर आएपछि प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ, विस्तृत जानकारी आउने क्रममा छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार