शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बाजुरामा भूकम्पको धक्का महसुस

सोमबार, फाल्गुन ११ २०८२

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति १२ बजेर १३ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त धक्काको केन्द्रविन्दु बाजुराको रानीखर्क आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्प असर गर्ने खालको होइन । बेलाबखत यस्ता सानातिना भूकम्प जानु सामान्य प्रक्रिया हो ।

यसअघि, आइतबार (फागुन १०) बिहान ७ः३१ बजे संखुवासभाको रितक आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार