काठमाडौं (जस)–पछिल्लो समय वैदेशिक रोजगारीमा ठगहरु सलबलाउँदै गएका छन् । जसका कारण सोझा नेपालीहरु वैदेशिक रोजगारीमा ठगिने क्रम पछिल्लो समय थप बढेको छ । सोझा र बेरोजगार नेपाली युवाहरुलाई धेरै पैसा कमाउने प्रलोभनमा पारेर ठग्ने गिरोह नै अहिले सक्रिय भएका छन् । यसतै गिरोहको ठगी अहिले पर्दाफास भएको छ । जसको ठगीमा परेर केही युवाहरुको भविष्य घरको न घाटको भएको छ ।
ठगीको घटना यसरी शुरु हुन्छ । पूर्वी पहाडी जिल्ला संखुवासभा घर भई हाल भक्तपुर बस्ने दुर्गा गुरुङ आईडी नं १४५९६ का अवकास प्राप्त सिंगापुर पुलिस हुन । रोजगारीको लागि सिंगापुरमा नै रहँदा यिनी चोरी काण्डमा बिभागीय कोर्ट मार्सलमा परेका थिए । नेपालमा बैंक ऋण तथा क्यासिनोमा आफ्नो सम्पति सकाएपछि गुरुङ अपराधिक कार्यमा लागेर धन आर्जन गर्ने खेलमा लाग । नेपाल रहँदा क्यासिनोमा कमाएको सबै सम्पति सकाएपछि उनी कम्बोडियाको क्यासिनो नागा वल्र्डमा सुरक्षा गार्डको रुपमा काम गर्न गए । उनी कार्यरत क्यासिनोले उनको खराब आचरणका कारण रोजगारीबाट निकाले पछि उनी बैंकक र कम्बोडियाको बोर्डरमा बसेर अबैधानिक काम गर्न थाले । यसमा उनको लक्ष्य बने सोझा र बेरोजगार नेपाली युवाहरु । त्यही बसेर उनले नेपालबाट सुरक्षा गार्ड मगाउने काम गर्न थाले । नेपालमा एजेन्टको प्रयोग गरि क्यासिनोको लागि सेक्यूरिटीको गार्डमा भन्दै बैंककसम्म एजेन्टहरुले युवाहरु पुर्याउन थाले ।
यही चक्करमा उनीबाट ठगिएका एक युवाका अनुसार गुरुङ्ले बैकक पुगेका युवाहरुलाई बिमानस्थलसम्म गाडी लिन पठाउने र गाडीमा राखी कम्बोडिया बोर्डरमा पु¥याएर होटलमा राख्ने गर्छन । त्यसपछि कम्बोडियाको भिषा अप्लाई गर्ने भन्दै राहदानी लिने र होटलमा राखी पैसा असुल्ने गर्छन । त्यसपछि कम्बोडियाको भिषा लगाएर कम्बोडियाको छुट्टै होटलमा लगेर राख्ने गर्छन भने यस्तो काम गर्दा उनले जहिले पनि वास्तविक नाम परिवर्तन गरि युवाहरु कम्बोडिया पुरयाइन्छन । कम्बोडिया पुगेपछि सिमकार्डहरु लिने र त्यहाँ पुगेकाहरुलाई दिने पीडितहरुले जानकारी दिएका छन् ।

पछिल्लो समय यही गिरोहको चंगुलमा परेर मिलन क्षेत्री, राजु तिमल्सिना, हरि पाख्रिन, जितबहादुर सुनार, जीवन बरुवाल, मोहल थापा र मानबहादुर थापा गरी ७ जन नेपाली युवाहरु ठगिएका छन् । आफुहरु गुरुङको गिरोहको यस्तै प्रकृयाबाट ठगिएको पीडितहरु बताउँछन् । पीडितहरुका अनुसार कम्बोडियाको होटलमा पुगेपछि पैसा नभै काम हुन्न भन्दै उनले चाहे जति पैसा असुल्ने गर्छन । यसैक्रममा गुरुङले ४ बजे भित्र सबैको भिषा लगाएर ल्याउँछु भन्दै ७ जनासँग प्रतिव्यक्ति १५०० डलर उठाई तपाईहरु होटेलमा आराम गर्दै गर्नु म भिषा लगाएर ल्याउँछु भन्दै होटलको रिसेप्सनमा पासपोर्ट राखेर फरार भएको पीडितले बताए । यसरी नयाँ शैलीबाट ठग्ने व्यक्तिहरु एउटा झुण्ड नै बनाएर लागेको पीडितहरुको भनाई छ । अहिले युवाहरु कम्वोडियाको सिगंल ईन्ट्री मात्रै भिषा लागेपछि अलपत्र परेका छन् । यो घट्ना भन्दा पहिले पनि निज गुरुङले पहिले १० जनाको समुहसँग २५०० डलर ठगि गरेको पीडितहरुले बताए । यो गिरोहले एउटा चाईनिजलाई क्यासिनोको मेनेजर बनाएर ड्राईभरसहित आउने र कामदारलाई ट्र्यापमा पारी पैसा लिएर फरार भई सयौ नेपालीलाई ठगी गरिसकेको बताइएको छ । अझ यसरी उनको चंगुलमा परि भ्रमण भिषामा गएका कामदारको विचल्ली हुने गरेको छ ।
गुरुङले युवाहरुलाई १ हजार डलर तलब पाइने भन्दै ठगी गर्ने गरेका छन् । यस्ता प्रकारका ठगीका विषयमा विभागमा उजुरी लिएर जाँदा व्यक्तिगत उजुरी भन्दै विभागबाट फर्काइएको गुनासो पीडितहरुको छ । यसरी मानव तस्करहरुले वैदेशिक रोजगारीको नाममा ठग्ने नयाँबाटो अपनाएका छन् । यी र यस्ता समुहले वैंकक र कम्वोडियाको सिमानामा बसेर वर्षौ देखि नेपालीहरुलाई ठगी गर्ने गरेको खुलेको छ । अहिले गुरुङको राहदानी वैंकक वाटै नवी्करण हुने गरेको पनि खुलासा भएको छ । गुरुङ सन् २०१२ मा कम्वेडिया गएको बताइएको छ । उनले अहिले पनि नेपालबाट लगिएकाहरुलाई कम्बोडियाको ध्बष् ज्यलन ब्लनपयच न्गभकत ज्यगकभ मा राख्ने गरेको र होटलको रिसेप्सनमा राहदानीहरु छोडेर अलपत्र बनाउने गरेको पीडित बताउँछन् । यसरी वैदेशिक रोजगारीको नाममा खुलेआम ठगी भईरहँदा पनि सरोकारवाला निकाय मौन छ । वैदेशिक रोजगारीमा संस्थागत भन्दा व्यक्तिगत ठगी ९९ प्रतिशत हुँदा पनि यसलाई नियन्त्रण गर्न सरकार र सरकारी निकाय उदासीन रहेको देखिन्छ । अहिले पनि आकर्षक रोजगारीको प्रलोभनमा दैनिक हजारौं युवाहरु लाखौं रकम डुबाईरहेका छन् । एजेन्टहरुको नियत नै ठग्ने भएको हुँदा सरकारभन्दा उनीहरु एक स्थान अगाडिरहेका र पीडकलाई पक्राउ गरे पनि कानूनी अड्चनले गर्दा उनीहरुलाई सजाय र क्षतिपुर्ति भराउन नसकेको कारणले यस्ता गलत कार्य गर्नेहरुको मनोवल बढेको छ । पीडितहरुले आफु ठगिए पनि भविष्यमा अरु नेपाली दाजु भाई नठगियोस भनि जनसवाललाई गुहारेको वताए ।