मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बैदेशिक रोजगार विभागद्वारा १० मेनपावर खारेज

मंगलबार, बैशाख १७ २०७६

काठमाडौं, १७ बैशाख । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनीलाई खारेज गरेको छ । विभागमा अत्याधिक उजुरी परेको र उजुरीको फरफारक नगरेको भन्दै ति म्यानपावर कम्पनीहरुलाई खारेज गरेको विभाग स्रोतले बतायो ।
विभागको २०७५ फागुन १५ गतेको निर्णयले वैदेशिक रोजगार ऐन दफा १२ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ८ बमोजिमको प्रक्रिया पूरा नगरेको भन्दै राजधानीमा रहेका इजाजत नं. २४९ को इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी प्रा.लि., इजाजत नं. ३६२ को स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रा.लि., इजाजत नं. ४४० को ध्वनी इन्टरनेशनल प्रा.लि., इजाजत नं. ६०७ को पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.को इजाजत खारेज गरेको छ ।


यसैगरी विभागले इजाजत नं. ९१९ को प्रिसाइस इन्टरनेशनल प्रा.लि., इजाजत नं. ९७८ को इनोभेटिभ सर्भिसेज प्रा.लि., इजाजत नं. १०४१ को रि क्रियशन इन्टरनेशनल प्रा.लि., इजाजत नं. १०४६ को प्रशिद्ध ओभरसिज प्रा.लि., इजाजत नं. १५०० को वल्र्ड फष्ट जब प्लेसमेन्ट प्रा.लि. र इजाजत नं. १५१६ को निजम ओभरसिज प्रा.लि. खारेज गरेको विभागले जनाएको छ ।
विभागको उक्त निर्णयले ति १० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा १३ (१) बमोजिम रद्द गरिएको जनाएको छ । रद्द भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा जाने युवाहरुसँग मोटो रकम असुल गरेको, युवाहरुलाई विदेशमा अलपत्र पारेको, कामदारहरुको समस्या समाधान नगरी पैसा मात्र आर्जन गर्ने गरेको देखिएको विभाग स्रोतले बतायो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री गोकर्ण विष्ट नियुक्त भएर आएलगत्तै उनले वैदेशिक रोजगारमा रहेको बिकृति र बिंसगति हटाउने प्रतिवद्धता व्यक्त गरे पनि यो क्षेत्र झनै भद्रगोल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार