काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला रोल्पाबाट उमेदवारी दर्ता गराएका छन् ।
पुनले मंगलबार सदरमुकाम लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका हुन् । पुनको प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा र समर्थकमा राष्ट्रियसभा सदस्य झक्कु सुवेदी छन् ।
उमेदवारी दर्ता गर्ने क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, नेताहरू महरा र सुवेदीसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन सिजललगायत सहभागी थिए ।
पूर्वअर्थमन्त्री पुन तेश्रोपटक रोल्पाबाट उमेदवार बनेका हुन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए ।