सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

हुम्लाबाट नेकपाले बनायो दीपेन्द्र रोकायालाई उम्मेदवार

सोमबार, माघ ५ २०८२

हुम्ला, ५ माघ । नेपाली कम्युनिस्ट पार्टीद्वारा हुम्ला जिल्लाका लागि डा. दिपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा हुम्लाले रोकायालाई केन्द्रले उम्मेदवार छनोट गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनका लागि उम्मेदवारका रूपमा डा। रोकाया छनोट गरेसँगै पार्टी चुनावी अभियानको तयारीमा लागेको छ । हाल डा. रोकाया नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । रोकाया यसअघि नेकपा माओवादी हुम्लाका जिल्ला संयोजक हुनुहुन्थ्यो भने कर्णाली प्रदेश योजना आयोगको पूर्वसदस्य समेत रहिसक्नु भएको छ ।

उहाँ प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुहार हुनुहुन्छ । नेकपाले जिल्लाबाट छ जनाको नाम सिफारिस गरेको थियो । जसमा संविधान सभा सदस्य छिमी दोर्जे लामा, कर्णजित बुढाथोकी, डा.दिपेन्द्र रोकाया, निवर्तमान प्रतिनिधि सभा सदस्य छिरिङडम्डुल लामा र प्रेमबहादुर शाही तथा ध्रुव शाहीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार