बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

विष्णु रिजाललाई ओलीले दिएनन् टिकट

आइतबार, माघ ४ २०८२

काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई पाखा लगाएको छ।

उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक मतदानमा सर्वाधिक मत पाएका केन्द्रीय सदस्य विष्णु रिजाल पनि उम्मेदवार बन्नबाट बञ्चित हुने भएका छन्।

रिजाल दैलेख २ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए। तर, शनिबार बसेको एमाले सचिवालय बैठकले दैलेख २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

दैलेख–२ मा क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो।

प्रतिस्पर्धामा ६७ मत ल्याएर रिजाल पहिलो नम्बरमा सिफारिस भएका थिए। टिकट पाउने लक्ष्मीराज पोखरेलले ६६ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार