आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

शुक्रबार, पुष २५ २०८२

अत्तरिया, कैलाली, २५ पुसः कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उहाँले जानकारी दिनुभयो ।

कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

“फर्र्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो”, उहाँले भन्नुभयो, “कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी जारी राखेको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार