दाङ, २५ पुसः जिल्ला प्रहरी कार्यालय दाङमा शुक्रबार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त फाराम भर्न पुगेका सर्वसाधारण । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दाङमा २ हजार ४१५ जना निर्वाचन प्रहरी भर्ना गर्न आह्वान गरिएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस