शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए यूके निर्वाचन सेप्टेम्बर १४ लाई तोकियो

सोमबार, बैशाख १६ २०७६

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन सेप्टेमबर १४ लाई तोकिएको छ। सेप्टेमबर १४ मा निर्वाचन र १५ मा अधिवेशन गर्ने निर्णय गरिएको हो ।

सोमबार मिडल्याण्डनको नटिंगहममा बसेको एनआरएनए युकेको बैठकले अधिवेसन तय गरेको हो। निर्वाचन समिति भने अर्को बैठकबाट गठन हुने भएको छ ।

बैठकले सदस्यता आवेदनको लागि जुलाई मसान्तसम्मको मिति तोकेको छ। अनलाइन तथा पेपर दुवै माध्यमबाट सदस्यता आवेदन गर्न सकिनेछ।

सदस्यता वितरणलाई व्यवस्थित गर्न भन्दै पूर्ण गुरुङलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।सदस्यतासम्बन्धी विवाद तथा गुनासोको सुनुवाई गरी आवश्यक निर्णय लिन अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठी संलग्न समिति गठन गरिएको छ।

सदस्यता शुल्क यसपटक १० पाउण्ड बनाउने निर्णय भएको छ। सदस्यता वितरणसम्बन्धी जानकारीहरु दिने उद्धेश्यले विभिन्न क्षेत्रमा पुगेर कार्यक्रमहरु पनि गरिने भएको छ ।५ सय भन्दा बढी सदस्य बन्ने क्षेत्रमा मतदान केन्द्र नै राख्ने समेत निर्णय गरिएको छ ।

निर्वाचनको मिति तय भएसँगै कार्यसमितिका ६ उपाध्यक्षमध्ये बैठकमा उपस्थित सबै ५ जनाले आगामी अध्यक्षको लागि आकांक्षा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार