सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कञ्चनपुरको टोटी खोलामा पक्की पुल निर्माण थालियो

शुक्रबार, पुष १८ २०८२

कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो । निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार