शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

दुई कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

सोमबार, मंसिर ३० २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन्।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ। उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ।”

प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन्। अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार