सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा क्रिसमसको शुभकामना

बिहिबार, पुष १० २०८२

सुदूरपश्चिम,१० पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्पूर्ण नेपाली इसाई धर्मावलम्बीप्रति सुख, शान्ति,समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्रीले प्रेम, करुण र शान्तिको सन्देश फैलाउने यो पर्वले सबै नेपाली बीच आपसी विश्वास, प्रेम,एकताको भावनालाई अझ गहिरो बनाउँदै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले क्रिसमसजस्ता चाडपर्वहरुले विविध धार्मिक तथा सांस्कृतिक पहिचानयुक्त समुदायहरुरूबीच आपसी सद्भाव,सहिष्णुताका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान गरेका बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार