मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

शुक्रबार, पुष ४ २०८२

कोलम्बो, ४पुस । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले पत्रकारहरूलाई बताउनु भएको छ ।

अध्यक्ष हेराथले सन् २०२५ मा एफडीआई एक अर्ब डलर नाघेको पुष्टि गर्नु भएको छ ।

आर्थिक र नीतिगत अनिश्चितताले ग्रस्त अवधि पछि श्रीलङ्काको औद्योगिक आधारलाई बलियो बनाउन, रोजगारी सिर्जना गर्न र लगानीकर्ताहरूको विश्वास पुन र्निर्माण गर्न सरकारले उत्पादन लगानीलाई महत्वपूर्ण ठानेको हेराथले बताउनु भएको छ ।

हेराथले श्रीलङ्काको व्यापार क्षेत्रको हालैको सुधारलाई चक्रवात दितवाहबाट विदेशी लगानी आकर्षित गर्ने देशको सकारात्मक दृष्टिकोणको कारणको रूपमा उद्धृत गर्दै हालैको प्रतिकूल मौसममा परिचालन अवरोधको अनुभव गर्ने ९० प्रतिशत भन्दा बढी कम्पनीहरूले अब सामान्य व्यापार सञ्चालन पुनस् सुरु गरेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार