शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २६ २०८२

पाल्पा – पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका–४ मित्यालको चिउरेवासमा आज विहान लु १ ज ३९०८ नम्वरको जीप दुर्घटना भएको हो ।

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन । घाइतेहरुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार