मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

केपिएल : मध्यपश्चिम विजयी

आइतबार, बैशाख १५ २०७६

सुर्खेत(जस)–वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ । कालिञ्चोक मैदानमा आइतबार बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६.१ ओभरमा पूरा ग¥यो । मध्यपश्चिमको जीतमा बलिङमा आकाश विष्ट र अजय साहनीले तीन÷तीन विकेट लिनुभयो । ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए ।

शैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा विशालले ४३ बलमा पाँच चौका प्रहार गरे । यसअघि लालीगुराँसको लागि ब्याटिङमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाए । यो सँगै लालीगुराँस क्रिकेट एकेडेमी लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यही १२ गतेदेखि जारी प्रतियोगितामा कर्णाली २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी एपिएफ र बुटबलले एक÷एक खेलमा जित हासिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार