सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना

बुधबार, मंसिर २५ २०७६

काठमाडौं(जस)–कुमारी बैंक लिमिटेडले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । यस योजनाअन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाईल बैंकिङ्ग फारम प्रयोग गरी निम्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् । ०० मा १०० – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक (ऋबकज द्यबअप) प्राप्त गर्न सक्नेछन् ।
यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ । स्क्यान एन्ड पे–यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुनेछ । कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै – पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार