सुर्खेत । नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा कालो झन्डा देखाइएको छ ।
शर्मा आज बिहान (आइतबार) नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट सदरमुकाम खलंगा पुगेका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनीविरुद्ध कालोझन्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
प्रहरी निरीक्षक हरि पुनले भने बजारमा कालोझन्डा बोकेर केही युवा हिँडिरहेको भन्ने खबर पाए पनि शर्मालाई कालो झन्डा देखाएको बारे आफूलाई जानकारी नभएको बताए ।
स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको जिल्ला प्रशासनले जनाएको छ ।
नवगठित दल प्रलोपामार्फत राजनीतिक यात्रा अघि बढाइरहेका शर्मा पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन् ।