शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा शुरु

मंगलबार, मंसिर २४ २०७६

काठमाडौं (जस)–सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवनको रत्ननगर नगरपालिका वडा नं १४ मा ४०औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । रत्ननगर नगरपालिकाका अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो समारोहमा श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार