शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

लुम्बिनी विकास कोषको सदस्य–सचिवमा दीपक श्रेष्ठ मनोनित

बुधबार, मंसिर १७ २०८२

काठमाडौ। मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ का दीपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।

बौद्ध धर्मावलम्बी गुरुङहरूको आदि थलोमा जन्मे–हुर्केका उहाँले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगाल्नु भएको छ ।

मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका गुरुङले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गर्नु भएको छ ।

केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गर्नु भएका उहाँले नेपाल खानेपानी संस्थान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर कार्य गरेको अनुभव छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार