शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चरित्र हत्या गर्नकै लागि योजनाबद्द रुपमा मलाई फसाईयो -रमेश श्रेष्ठ,अध्यक्ष,एनआरएन युएई

आइतबार, बैशाख १५ २०७६

युएई- गैर आवसीय नेपाली संघ(एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठले चरित्र हत्या गर्नकै लागि योजनाबद्द रुपमा आफुलाई फसाईएको बताएका छन । उनलाई गत शुक्रबार बरदुवईमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थ धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई प्रहरीले सोधपुछ गर्नुछ भन्दै पक्राउ गरेको थियो। पक्राउपछि श्रेष्ठ आफ्ना सबै प्रमाण देखाएर उक्त मुधाबाट सफाई पाईसकेका छन् ।
श्रेष्ठले आफ्नो चरित्र हत्या गर्ने नियतले नियोजित रुपले घटना घटाईएको बताए । आफुबिरुद्द उजुरी दिएका झापाका शंकर श्रेष्ठलाई गत मंगलबारनै पैसा लिन बोलाउँदा पैसा लिन नआई योजनाबद्द रुपमा प्रहरीमा उजुरी दिएर आफ्नो चरित्र हत्या गर्न खोजेको श्रेष्ठले बताए। व्यक्तिगत लेनदेन आफ्नो ठाउँमा छ प्रहरी प्रशासनले पक्रेको प्रकृया हेर्दा जासुसी लागेर व्यक्तिगत चरित्र हत्या गर्ने काम भएको देखिन्छ श्रेष्ठले भने, ुयदि गम्भीर प्रकृतिको मुद्दा हुन्थ्यो भने युएईको प्रहरी प्रशासनलाई कसैलाई पक्राउ गर्न कार्यक्रम नै पर्खनुपर्ने अवस्था छैन, यस्तो खुरापाती नियत भएकाले गर्दा युएईमा एनआरएनए लगायत क्रियाशिल संघ सस्थाहरुलाई आउने दिनमा असहजको परिस्थिति आउन सक्नेछ। जुन बिषयलाई लिएर युएई प्रहरीमा उजुरी परेको थियो, उक्त बिषय समाधान भईसकेको श्रेष्ठले बताए। झापाका शंकर श्रेष्ठले आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध केही समयअघि मुद्दा दायर गरेका थिए । दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका थिए । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद रहेको थियो । उनीहरु पहिले सहकार्य गर्दै ब्यापार गर्ने गरेका थिए । श्रेष्ठलाई धुर्मुस सुन्तलीसंग सम्बन्धित कार्यक्रमहरुको व्यवस्थापन तथा संयोजन गर्ने ब्यक्तीको रुपमा समेत चिनिन्छ । श्रेष्ठको संयोजकत्वमा भूकम्प प्रभावितलाई सहयोग गर्ने लगायतका काममा यूएईमा बिभिन्न कार्यक्रम हुँदै आएका छन । श्रेष्ठ एनआरएन यूएईका अध्यक्ष भएपछी एनआरएन यूएईले धेरै राम्रा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार